site stats
बाह्रखरी :: Baahrakhari
देश,विशेष
रेडक्रस भेलामा विरोध

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेको छ ।

रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र’ विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । सो क्रममा असन्तुष्ट पक्षले ‘रेडक्रसभित्र विधिको शासन लागु गर’, ‘रेडक्रसलाई निजी कम्पनी नबनाऊ’, ‘अदालतको आदेश पालना गर’लगायत नारा लेखिएका प्लेकार्ड देखाउँदै प्रदर्शन गरेको हो ।

सरकारले गएको जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो ।

अर्को पक्षले रेडक्रसको काममा अवरोध सिर्जना गर्दै आएको सोसाइटीका अध्यक्ष नेपालको आरोप छ ।

यसअघि पनि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा समेत पटक–पटक विवाद हुँदै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:३८