site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा महानगरका मेयरहरूको ‘एमएमएन’
फाइल तस्बिर ।

पोखरा । देशभरका महानगरपालिकाका मेयरहरू पोखरामा भेला हुने भएका छन ।

पोखराका मेयर धनराज आचार्यले हरेक वर्ष मेयर सम्मेलन गर्ने कार्यक्रमानुसार पहिलो कार्यक्रम यही साउन १३ र १४ गते आयोजना गरिएको जानकारी दिए ।

सम्मेलनमा पोखराका मेयर आचार्यसँगै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन), विराटनगरका मेयर नागेश कोइराला, वीरगन्जका मेयर राजेशमान सिंह, ललितपुरका मेयर चिरिबाबु महर्जन र भरतपुरका मेयर रेनु दाहाल सहभागी हुनेछन् । ती ६ वटै महानगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि सहभागी हुने बताइएको छ ।

पहिलो दिन शुक्रबार २ः४५ बजेदेखि सुरु हुने कार्यक्रममा संघीयता, महानगर र अबको बाटो विषयमा डा. जगदीशचन्द्र पोखरेलले मुख्य प्रस्तुति दिनेछन् ।

मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीको सम्बन्धमा अनुभवन तथा सिकाइ आदानप्रदान, प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तीनका कार्यान्वयनका चुनौतीहरूबारे पहिलो दिनको कार्यक्रममा छलफल गर्नेछन ।

सम्मेलनमा महानगरका साझा सवालहरूबारे संश्लेषण समेत हुनेछ ।

दोस्रो दिन महानगरमा पूर्वाधार विकास तथा सुशासन विषयमा पूर्वाधारविज्ञ सूर्यराज आचार्यले प्रस्तुति दिनेछन् । महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौतीहरूका बारेमा सरोज बस्नेत र डा. अजयलाल चन्द्रले संयोजन गर्नेछन् ।

यसबाहेक महानगरका साझा सवाल तथा आगामी कार्यदिशाका बारेमा छलफल हुने कार्यसूची छ । अन्तिममा एमएमटीको पोखरा घोषणापत्र जारी गरिने र ०८० मा हुने मेयर सम्मेलनका घोषणा तथा आयोजक महानगर प्रमुखलाई एमएमएनअंकित झन्डा हस्तान्तरण गरिनेछ ।

महानगरलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न यो वर्षदेखि पाँच वर्षसम्म प्रत्येक वर्ष ‘महानगर मेयर सम्मेलन’ गर्ने प्रस्ताव गरिएको पोखराका मेयर आचार्यले जानकारी दिए ।

यो सम्मेलनलाई अंग्रेजीमा मेट्रो मेयर मिट नेपाल (Metro Meet Nepal MMN) भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro