site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरका मेयरको सम्पत्ति : महानगरभित्र साढे चार बिघा जग्गा, ८० तोला सुन र प्राडो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर समक्ष आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । महानगरपालिका कार्यालयले सूचना प्रकासित गरी स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न भनेको थियो ।

महानगर प्रमुख कोइरालाले सम्पत्ति बुझाएको कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए । जसअनुसार कोइरालासँग महानगर क्षेत्रभित्र साढे चार बिघा जग्गा रहेको छ । वडा नम्बर १५ र वडा नम्बर ११ मा उनको नाममा पैतृक रुपमा प्राप्त जग्गा रहेको महानगरलाई बुझाइएको विवरणमा उल्लेख छ । कोइरालाले आफ्नो नाममा रहेको सम्पत्तिको विवरण महानगरलाई बुझाएको प्रेस संयोजक श्रेष्ठले जानकारी दिए । 
 
विवरणअनुसार कोइरालाको नाममा विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९ दशमलव ७८ वर्गमिटर गरी कूल ८५ कठ्ठा जग्गा छ । विराटनगर ११ मा ११ कठ्ठा जग्गा छ । यो पनि पितापुर्खाबाट प्राप्त भएको हो । सो जग्गा भाइको नाममा रहेको कैफियतमा जनाइएको छ ।
 
महानगरलाई बुझाइएको सम्पत्ति विवरणमा कोइरालाले २० वर्ष अघि खरिद गरेको ८० तोला सुन पनि उल्लेख छ । त्यतिबेला रु. ८ लाख रुपैयाँमा सुन खरिद गरिएको जनाइएको छ । कोइरालाको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगदसमेत रहेको छ । विवरणमा रु. ३ करोड ३० लाख रुपैयाँ पर्ने एउटा टोयोटा गाडीसमेत रहेको र यो पनि पैतृक सम्पत्तिबाटै खरिद गरेको जनाइएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सूचना जारी गरिएपछि जनप्रतिनिधिहरूले धमाधम सम्पत्ति विवरण बुझाउन सुरु गरेको महानगरपालिका कार्यालयले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro