site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिचन्द्र क्याम्पसका जीर्ण भवनको पुनर्निर्माण हुने, यस्तो बन्नेछ नयाँ संरचना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण हुने भएको छ । अब त्रिचन्द्रका पुराना भवनहरूमध्ये दुईवटाको पुनर्निर्माण र एउटाको जिर्णोद्धार हुनेछ ।

पुनर्निर्माणका लागि अबको तीन दिनभित्र टेन्डर आह्वान गरिने भवन विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, मुख्यसचिव शंकरदास बैरागी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनी, शिक्षासचिव रामकृष्ण सुवेदी र पुरातत्त्व विभागका अधिकारीलगायत सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर त्रिचन्द्रको पुनर्निर्माण कार्य तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

डीपीआर गरेको तीन वर्षपछि पुनर्निर्माण प्रक्रिया अघि बढ्यो
१०४ वर्ष पुरानो देशकै जेठो त्रिचन्द्र क्याम्पस ३० वर्ष अघिदेखि जीर्ण बन्दै गएको थियो । २०७२ सालको भूकम्पले घण्टाघर रहेको भवन पछाडिका दुईवटा भवनहरू प्रयोग गर्न नमिल्नेगरी क्षतिग्रस्त बनायो । जसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त रहेको भन्दै प्रयोग गर्न नमिल्ने संकेतस्वरूप भवनमा रातो स्टिकर टाँस्यो । तर, पुनर्निर्माणको काम भने अघि बढेन ।

०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने प्राथमिकतामा राखेको थियो । त्यसमा त्रिचन्द्र क्याम्पस पनि समावेश थियो । प्राधिकरणले भवन निर्माणका लागि तीन वर्ष अगाडि नै डीपीआर तयार पारेको थियो । सोही अनुसार आर्थिक वर्ष २०७७/०७८ को बजेटमा भवन पुनःनिर्माणका लागि तीन करोड ५० लाख रुपैयाँ छुट्याइयो ।

Royal Enfield Island Ad

गत आर्थिक वर्षमा पनि त्यति नै बजेट छुट्याइएको थियो । तर, आयोजना निर्माण कार्यक्रममा समावेश भएपनि स्रोत सुनिश्चित नहुँदा बहुवर्षीय योजनामा नपरेका कारण बर्सेनि सो बजेट फ्रिज हुँदै गयो । यस वर्षका लागि भने अर्थ मन्त्रालयले पहिलो चरणमा ४८ करोड २० लाख रुपैयाँ सुनिश्चित गरेको र यसमा रकम थप हुँदै जाने भवन विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए ।

यस्तो बन्नेछ त्रिचन्द्र क्याम्पसको नयाँ संरचना
भवन विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीका अनुसार त्रिचन्द्र क्याम्पसको घण्टाघर रहेको क्षेत्रतिरका तीनवटामध्ये दुईवटा भवन पुनर्निर्माण र एउटाको जिर्णोद्धार गरिनेछ । घण्टाघर रहेको भवनलाई जिर्णोद्धार गरी 'अटोमेटिक' घडी राखिनेछ भने त्यसभन्दा पछाडिका दुईवटा भवन पुनर्निर्माण गरिनेछ ।

घण्टाघर रहेको भवनमा भने ठुलो क्षति नभएकाले जिर्णोद्धार मात्रै गर्न लागिएको अधिकारीले बताए । जामे मस्जिद र उत्तरपटिको भवनलाई प्रवलीकरण गरी नयाँ बनाइनेछ । पुनर्निर्माणका क्रममा पुरानै सामाग्रीहरू प्रयोग गरिने अधिकारीले बताए ।

त्रिचन्द्रको अहिले जीर्ण भएको भवनमा ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलामजस्ता सामग्री प्रयोग भएका छन् । जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेको क्याम्पसको घण्टाघर भवनमा ९ वटा विभाग छन् ।

स्नातक र स्नातकोत्तरका मेट्रोलोजी, स्टेटिक्स, साइकोलोजी, जियोलोजी, फिलोसफी, अंग्रेजी, नेपाली विभागमा झन्डै १० हजार विद्यार्थी भएको क्याम्पस प्रशासनको तथ्यांक छ । ०७२ सालको भूकम्पपछि पनि नयाँ संरचना नबन्दा जोखिम मोलेरै जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपरेको प्रशासन बताउँछ ।

विद्यार्थी संगठनले जोखिम मोलेर अध्ययन नगर्ने तथा भवन जीर्णोद्धार गर्नुपर्ने माग गर्दै दबाबमूलक कार्यक्रम नै गर्न थालेपछि कक्षाकोठा नयाँ भवनमा सारिएको थियो । तर, नायाँ भवनमा मात्रै विद्यर्थी नअटाउँदा एउटै कक्षामा दुई समयभन्दा बढी विद्यार्थी पढ्नुपर्दा कहिले उभिएर कक्षा लिनुपर्ने त कहिले नियमित कक्षा नै नहुने विद्यार्थीहरूको गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro