देश
काठमाडौं । डिभिजन वन कार्यालय भक्तपुरले सल्लाघारी क्षेत्रमा रुख काट्न सुरु गरेको छ । आइतबार चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउमा सल्लाको रुखले बस र स्कुटर किच्दा तीनजनाको मृत्यु भएको थियो । त्यसपछि वन कार्यालयले अध्ययन गरेर सडक छेउछाउका रुख काट्ने निर्णय गरेको थियो ।
घटनामा तीनजनाको मृत्यु र १६ जनाभन्दा धेरै घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय भक्तपुरमा डीएसपी राजु पाण्डेले प्रहरीको सुरक्षामा वन कार्यालयहरुले रुख काट्न सुरु गरेको बताए ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १४:२९
प्रतिक्रिया दिनुहोस्