site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
के कारणले झुन्डिएका थिए तीन किशोरी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापामा तीनजना किशोरी एउटै रुखमा मृत फेला परेको कारण नखुल्दा घटना रहस्यमय बन्दै गएको छ ।

घरबाट परिवारलाई घुम्न जाने भन्दै हिँडेकी कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी एउटै रुखमा झुन्डिएर मृत फेला परेको घटनाको कारण खुल्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

मृतक तीनजना किशोरी शनिबार दिउँसो १२ बजे घरमा परिवारलाई घुम्न जाने भन्दै हिँडेका थिए । आइतबार बिहान कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले तीनै जनाले आत्माहत्या गरेको खुले पनि कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताए ।

Global Ime bank

“पोष्टमार्टको रिपोर्ट फर्मल्ली आइसकेको छैन । हामीले अनौपचारिक रुपमा बुझ्दा आत्माहत्या बाहेक अन्य देखिएको छैन । मृत्यु शंकास्पद देखिएको छैन । प्रहरीको तर्फबाट गर्नुपर्ने अनुसन्धान, कर्तव्य ज्यानतर्फ केही छ की भनेर बुझ्यौँ, सबै सामान्य छ,” उनले भने ।

उनले आफूहरुले परिवार छरछिमेकसँग पनि मृतक किरोशीबारे थप सोधपुछ गरिरहेको बताए । बेलुका अबेरसम्म घर नफर्र्किएपछि परिवारले प्रहरीलाई खबर गरेर खोजीकार्य थालिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC