site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टेकु अस्पतालमा २१ बेड आईसीयू बन्द भएपछि मन्त्रालयले बोलायो छलफलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका पदाधिकारीलाई छलफलमा बोलाएको छ । छलफलका लागि मन्त्रालयमा अहिले साढे १ बजे बोलाएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । 

अस्पतालमा साउन १ गतेदेखि ६८ जना करारका कर्मचारी कटौती गरिएसँगै पुरानो २४ वटा आईसीयू बेडमध्ये २१ बेड र रोविजविरुद्धको इमुनोग्लोबुलिन खोप सेवा रोकिएको छ  । सूचना अधिकारी गौतमका अनुसार ७४ जनाको कोभिड दरबन्दीमा ६८ जना कार्यरत थिए, ती कर्मचारी आईसीयू, पीसीआर परीक्षणमा खटाइएको थियो ।

असार ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा करारमा रहेका कर्मचारी हटाउने निर्णय गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC