site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड भन्छन्– संघ र प्रदेश निर्वाचनमा सांसदको खर्च एक अर्बभन्दा माथि हुनेछ  
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा अधिकांश पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “अबको निर्वाचनबाट दलाल पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको छ । राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको उनको भनाइ छ । स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै उनले संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । 

अध्यक्ष प्रचण्डले श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताए । अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । देशको शासन प्रणाली देश अनुकुल नभएका उनकोे दाबी छ । 

Global Ime bank

प्रचण्डले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नका लागि भएको बताए । उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय