site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकपटक चार्ज गरे ९४ दिन पुग्ने मोबाइल ! घाम, पानी, धुुलोले पनि केही गर्दैन ?

काठमाडौं । के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनु पर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी—१९ स्मार्टफोन ।

स्मार्टफोनको बजारमा तहल्का मचाएको यो फोन एकपटक चार्ज गर्दा ९४ दिनसम्म टिक्छ । 

२१हजार एमएएच ब्याट्री भएको यो विश्वको पहिलो स्मार्टफोन हो । यसले गर्दा घरी घरी चार्ज गर्ने झन्झटबाट मुक्ति दिएको छ । 

यो फोन ६.७८ इन्चको स्क्रिन आईपीएस प्यानलमा आउँछ । स्पष्ट र राम्रो फोटो खिच्नको लागि १०८०×२४०० पिक्सेल र टुप्पोमा चट्ट परेको डट–नच अर्थात् क्यामेरा रहेको छ । 

स्मार्टफोनलाई घाम, पानी र धुुलोबाट बचाउन आईपी६८–आईपी ६९ रेटिङ पाएको छ भने एमआईएल –८१०जीबाट प्रमाणित छ । यो प्रमाण भनेको अमेरिकी सैन्य विशिष्टता हो जसले २९ वटा विभिन्न परीक्षणपछि मात्र केही हुँदैन भन्ने ग्यारेन्टीको प्रमाण दिन्छ । 

अउकिटेल डब्लुपीको हार्डवेयर मिडियाटेक हेलिओ जी९५ ओक्टा कोर सिपीयूबाट सञ्चालित छ । जसमा २.०५जीएचजी घडी तथा मेल जी६७६जीपीयु, ८जीबी ¥यामको प्रोसेसर तथा साथमा आन्तरिक भण्डारणमा २५६—गिगाबाइट्स छ । 

डब्लुपी—१९मा क्यामेराका विकल्पहरूमा ६४–मेगापिक्सेल प्राइमरी लेन्स, २०–मेगापिक्सेल नाइट–भिजन सेन्सर र तेस्रो २–मेगापिक्सेल म्याक्रो सेन्सर समावेश छ ।  

मोडलमा नाइट क्यामेरा लेन्सका लागि चार आईआर एलईडी र परम्परागत डुअल एलईडी फ्ल्यास छ । सेल्फी खिच्न मनपराउनेका लागि स्मार्टफोनको अग्रभागको सिरानमा एकल १६–मेगापिक्सेल सेल्फी लेन्स छ । 

फोनको दुवै कार्डहरूमा फोरजी नेटवर्कको साथ डुअल नानो–सिमहरू सहज रुपमा चल्छ । यसको अलवा, गुगल एन्ड्रोइड १२ पनि यसमा चल्छ । यस्तै, मोबाइलको साइडमा फिंगरप्रिन्ट स्क्यानर छ । २१ हजार एमएएच ब्याट्रीका साथ स्मार्टफोनमा ३३डब्लु हाई पावरको फास्ट चार्जर यसमा उपलब्ध छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro