घटना क्रम
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले चर्चित व्यापारी विजय माल्ल्यालाई उनको एयरलाइन्स धराशायी भएको विषयसँग सम्बन्धित अदालतको न्यायको अवज्ञा गरेको कारण चारमहिना लामो कारावास सजाय सुनाएको छ ।
यसअघि भारतले पूर्वअर्बपति माल्ल्यालाई विदेशबाट सपुर्दगी गराउने प्रयास गरेको थियो । उनी अझै पनि बेलायतको राजधानी लन्डनमा रहेको विश्वास गरिएको छ ।
उड्डयन र फर्मुला १ कार रेसिंगमा हात हाल्नुअघि उनले किङफिसर ब्रान्डको बियर बेचेर आफ्नो भाग्य चम्काएका थिए ।
एक दशकअघि टाट पल्टिनुभन्दा पहिले भारतमा उनको किंगफिसर एयरलायन्स आन्तरिक उडानमा दोस्रो सबैभन्दा ठूलो उडानको रुपमा स्थापित थियो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०४:०५
प्रतिक्रिया दिनुहोस्