site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी विदेशमन्त्री अरब लिगको समर्थन जुटाउँदै

मस्को । रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले इजिप्ट भ्रमण क्रममा अरब लिगलाई सम्बोधन गर्ने भएका छन् । इजिप्टको राजधानी कायरोमा अरब लिगको प्रधान कार्यालय रहेको छ । 

रुसी फौजले युक्रेनमाथि आक्रमण गरेपछि रुससँग अन्तर्राष्ट्रिय जगत आक्रोशित भइरहेकाले लाभ्रोभ मस्कोका लागि अरब लिगको समर्थन प्राप्त गर्न चाहन्छन् । उनले इजिप्टमा आफ्ना समकक्षी सामेह सोक्रिसँग भेटवार्ता गरेका छन् । रुसबाट गहुँ र हातहतियार प्राप्त गर्दै आएको इजिप्टको रुससँग महत्वपूर्ण सम्बन्ध रहँदै आएको छ । 

युक्रेनी युद्ध सुरु हुनु अघिसम्म पनि इजिप्टमा ठूलो संख्यामा रुसी पर्यटक पुग्ने गर्दथे । अफ्रिकाका इथियोपिया, युगान्डा र कँगो–ब्राव्ज्जाभिल्लेको संक्षिप्त भ्रमण सम्मुख उनी इजिप्ट पुगेका हुन् ।

स्थानीय अखरबारहरूले प्रकाशित गरेको एउटा लेखमा लाभ्रोभले भनेका छन्, “अफ्रिकीहरूलाई स्वतन्त्रताका लागि औपनिवेश विरुद्धको तिनीहरूको संघर्षमा रुसले सधैँ इमानदारितापूर्वक सहयोग गरेको थियो । युक्रेनको विषयमा अफ्रिकाले लिएको सन्तुलित अडानको रुस प्रशंसा गर्दछ ।"

अफ्रिकी विकास बैंकले अफ्रिकाले आफूलाई आवश्यक गहुँको ४० प्रतिशत भन्दा बढी परिमाण रुस र युक्रेनबाट पाउने गरेको जनाएको छ । 

बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro