site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यालिफोर्नियामा डढेलोको कारण आपतकालको घोषणा

लसएन्जेल्स ।  अमेरिकाको सबैभन्दा सक्रिय वन डढेलो योसमाइट राष्ट्रिय निकुन्ज नजिक फैलिन थालेपछि क्यालिफोर्नियाको एक भागमा सरकारले आपतकालीन स्थितिको घोषणा गरेको छ । 

शुक्रबारयता जंगलका रुखमा लागेको आगो तीव्र गतिमा फैलिन थालेको छ । 

अग्निनियन्त्रकहरू आगोमाथि नियन्त्रण लिने प्रयासमा अझै जुटिरहेका छन् । तर क्यालिफोर्निया अग्निनियन्त्रण विभागले आगोले विस्फोटक रूप लिइरहेकाले नियन्त्रण गर्न कठिन भइरहेको बताएका छन् । 

आगोका कारण छ हजार बढी स्थानीय विस्थापित भइसकेका छन् भने १० वटा घर क्षतिग्रस्त भएका छन् । आपतकाल घोषित मारिपोसा काउन्टीले अब आगो नियन्त्रणका लागि केही संघीय सहयोगका लागि पहुँच प्राप्त गरेको छ ।

आगो निभाउने काममा करिब ४०० जना अग्निनियन्त्रक र ४ वटा हेलिकोप्टर परिचालित छन् । क्यालफायरका महिला प्रवक्ता नतासा फाउट्सले अधिकारीहरूले आगामी सातासम्म पनि आगो नियन्त्रणमा आउने छाँट नरहेको बताएको जानकारी दिएकी छन् ।  

बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro