site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाले चीन फर्कन नपाएका १५० मेडिकल विद्यार्थीले दुई वर्ष नेपालमै पढ्न पाउने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ का कारण चीनबाट बिचैमा अध्ययन छोडेर नेपाल आएका १५० एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको सहमतिमा नेपाल मेडिकल काउन्सिलले थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको जनाएको छ ।

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत सन् २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको  सहमतिमा थप तीनवटा निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् सहमति भएका बुँदाहरू :
१. निजहरूलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२. एक वर्षे अनिवार्य इन्टर्नसिप ‘नेसनल गाइडलाइन फर मेडिकल इन्टर्नसिप ट्रेनिङ, २००७’ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पूरा गर्नुपर्ने । इन्टर्नसिप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चारवटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

Global Ime bank

३. चीनमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीहरूको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधिबारे कुनै द्विविधा भए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि यकिन गरेरमात्र अध्ययन सुरू गर्ने ।

४. अब उप्रान्त कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement