site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापाका तीन किशोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाडौं । झापामा तीनजना किशोरी मृत्यु घटनामा आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

उनीहरू घरमा परिवारलाई घुम्न जाने भन्दै शनिबार दिउँसो १२ बजे हिँडेका थिए । तर, आज बिहान उनीहरू तीनैजना कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले तीनजनाको मृत्यु आत्महत्याका कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए । 

क्राइम सिन हेर्दा आत्माहत्या बाहेक अन्य कारण नभएको देखिन्छ । अहिलेसम्म कुनै कारण खुल्न सकेको छैन । घरपरिवारमा जानकारी गराएरै हामी घुम्न हिड्यौँ भनेर निस्किएका रहेछन् । अबेरसम्म नआएपछि खोजी सुरु भयो । बिहान झुन्डिएको अवस्थामा तीनजनाकै शव फेला पर्‍यो,” उनले भने । 

प्रहरीकाअनुसार परिवार तथा आफन्त कोही कसैसँग पनि उनीहरूको नराम्रो सम्बन्ध वा खटपट थिएन । 

प्रवक्ता पाठकले कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी मृत भेटिएकी थिइन् ।

उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro