site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन्दरीजलमा ढुंगाले च्यापिएको अवस्थामा मृत फेला परे शुभम
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित खोलामा बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधान आइतबार मृतावस्थामा फेलापरेका छन् ।

खोलामा खसेर बेपत्ता भएको ठाउँनजिकै ढुंगाले च्यापिएको अवस्थामा शव फेलापरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

शनिबार सात साथीहरूको समूहमा घुम्न गएका उनी फोटो खिच्ने क्रममा खसेको सामान टिप्न खोज्दा चिप्लिएर बेपत्ता भएका थिए ।

त्यसपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शनिबार अबेर रातिसम्म खोज्दा पनि उनी भेटिएका थिएनन् ।

सिन्धुपाल्चोकका उनी काठमाडौंको कपनमा परिवारसँग बस्दै आएका थिए । महानगरी प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरीक्षक धीरेन्द्र थपलियाका अनुसार शुभम कपनस्थित एउटा स्कुलबाट एसईई दिएर नतिजाको पर्खाइमा थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro