देश
काठमाडौं । सर्लाहीमा नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसलअगाडिबाट एक हजार दरका ५० थान नक्कली नोटसहित उनी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई उक्त नोटहरूसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्