site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बुटवल । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका–१२, कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका–४, मखता घर भई हाल रुपन्देहीको बेलबासमा बस्दै आएका २० वर्षीय विक्रम खनालको मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी शनिबार दिउँसो करिब ३ बजे कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । प्रहरी टोलीले सोही स्थानमा अचेत अवस्थामा फेला पारी उपचारका लागि कपिलवस्तुस्थित अस्पतालमा पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement