site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घुम्न भन्दै घरबाट निस्किएका तीन किशोरी बयरको रुखमा झुन्डिएको भेटिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा आइतबार मृत फेलापरेका छन् ।

कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेलापरेका हुन् ।

मृत फेला पर्नेमा कचनकवल गाँउपालिका–५, दले गाउ बस्ने पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी छन् ।

प्रहरीका अनुसार उनीहरू शनिबार मध्याह्न करिब १२ बजे घुम्न जाने भन्दै घरपरिवारलाई जानकारी गराएर निस्किएका थिए । बेलुकासम्म नफर्किएपछि खोजीकार्य सुरु गरिएको थियो ।

खोजीकै क्रममा आज बिहान सुनकोसी चिया बगाननजिकै रहेको बयरको रुखको हाँगामा डोरीको पासो लागी झुन्डिरहेको अवस्थामा फेलापरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले घटनाबारे अनुसन्धान जारी रहेको बताए । आत्महत्या हो वा अरू कारण भन्नेमा प्रहरी अनुसन्धानकेन्द्रित छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro