देश
काठामाडौं । झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा आइतबार मृत फेलापरेका छन् ।
कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेलापरेका हुन् ।
स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
पाठकका अनुसार उनीहरू तीनैजना शनिबार रातिदेखि हराएका थिए । “तीनैजना किशोरी चिया बगानमै मजदुरी गर्दै आएको भन्ने छ । थप अनुसन्धान गर्ने तयारी भइरहेको छ,” उनले बाह्रखरीसित भने ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १२:४०
प्रतिक्रिया दिनुहोस्