site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईको नतिजा पर्खिरहेका थिए शुभम, सुन्दरीजलमा खोलामा चिप्लिएर बेपत्ता 
फाइल तस्बिर ।

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने काठमाडौंको सुन्दरीजलस्थित खोलामा बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधानको खोजीकार्य जारी छ ।

शनिबार अपराह्न करिब ४ बजे खोलामा फोटो खिच्ने क्रममा खसेको सामान टिप्न जाँदा चिप्लिएर प्रधान बेपत्ता भएका हुन् । सिन्धुपाल्चोकका उनी काठमाडौंको कपनमा परिवारसँग बस्दै आएका थिए ।

महानगरी प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरीक्षक धीरेन्द्र थपलियाका अनुसार शुभम कपनस्थित एउटा स्कुलबाट एसईई दिएर बसेको खुलेको छ । “बेपत्ता शुभम एसईई दिएर नतिजा कुरेर बसेका थिए । गए राति उनको परिवारसँगै प्रहरीले अबेरसम्म खोज्यो । वर्षायाममा पानी बढेकाले अत्तोपत्तो भएन,” थपलियाले भने ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज निरौलाका अनुसार शनिबार सात साथी मिलेर घुम्न सुन्दरीजल पुगेका थिए । “सातजना साथीको समूहमा शुभम घुम्न आएका थिए । फोटो खिच्ने बेला खसेको सामान टिप्न खोज्दा खोलामा चिप्लिए,” उनले भने, “त्यसपछि प्रहरीलाई खबर आयो ।”

स्थानीयले केही मिटर तलसम्म बगेको देखेको प्रहरीलाई बताएका छन् । सोहीअनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी, परिवार एवं आफन्तले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro