site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नागरिकताजस्तो विषयमा गरिएको छुद्र राजनीति र नेताहरूले देखाएको नौटंकीले अहिलेका नेताहरू देशमा शासन गर्नका लागि उपयुक्त पात्र होइनन् भन्ने पुनः स्पष्ट भएको छ । यस प्रकरणमा पनि राजनीतिक दलका नेताहरू योग्य र इमानदार देखिएनन् ।

नेपाली जनताले नेपालको नागरिकताको प्रमाणपत्र पाउनु अधिकार हो । सरकारले संविधानको प्रावधानअनुसार नागरिकतासम्बन्धी ऐन बेलैमा बनाउनु पर्नेथियो । संविधानतः नागरिकता पाउने व्यक्तिले पनि कानुनका अभावमा नागरिकताको प्रमाणपत्र नपाउँदा धेरै अवसर गुमाउनु परेको हुन्छ । 

नेपालको संविधान,२०७२ ले गरेको व्यवस्थाअनुसार नै विधेयक पारित भएको छ भने त्यसलाई 'षड्यन्त्रको सिद्धान्त'का दृष्टिबाट हेर्नु उचित होइन । संवैधानिक प्रावधानसँग बाझिने हदसम्म ऐन यसै बदरभागी हुन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अगिल्लो सरकारले राजनीतिक दाउ हेरेर ४ वर्षसम्म नागरिकतासम्बन्धी विधेयक समितिमै राखेर अन्ततः अध्यादेशका रूपमा जारी गराएको थियो। अहिलेको सरकारले पनि राजनीतिक स्वार्थ पूरा गर्नैका लागि पर्याप्त छलफल नगराई फटाफट पारित गरायो । 

नागरिकताको विषयमा गरिएको प्रचारवाजीमा अतिशयोक्ति तथा पञ्चायती मानसिकता प्रकट भएको छ । नेपालका नागरिकले कानुनबमोजिम नागरिकताको प्रमाणपत्र पाउँदा राष्ट्रियता सङ्कटमा पर्ने देख्नु जनविरोधी सङ्कीर्णता हो । 

Royal Enfield Island Ad

मानिस जता राम्रो अवसर पाउँछ त्यहीँ जान्छ र जहाँ बस्छ त्यहीँ रत्तिन पुग्छ । यो प्राकृतिक न्यायको नियम हो । कुनै मुलुकको नागरिकता कानुनले प्राकृतिक न्यायको यो नियम बदल्न सक्तैन ।

नागरिकताको प्रमाणपत्र पाउन समस्या पहाड र हिमालमा पनि छ तर बाक्लो जनसङ्ख्या भएको तराईमा बढी समस्या छ । नयाँ ऐनको व्यवस्थाले तराईमा केही बढी नागरिकताको प्रमाणपत्र वितरण होला तर त्यसरी नागरिकताको प्रमाणपत्रहरू विदेशी होइनन् । 

यसै पनि नागरिकताको प्रमाणपत्र वितरण सहज बनाएर मुलुकमा विदेशीको बहुमत बनाउन खोजियो भन्नु कुतर्कमात्र हो । नेपालको राष्ट्रियताप्रति तराईवासी नेपालीलाई पहाडवासीको जत्तिकै माया हुँदैन भन्नु पाखण्ड हो ।  

नेपालको नागरिकता सजिलोसँग पाइँदैमा संसारभरका र विशेषगरी भारतबाट मानिसहरू नेपाल ओइरिन्छन् भन्नु पनि जनसंख्या शास्त्रको सामान्य नियमसमेत नबुझीकन वा बुझ पचाएर गरिएको प्रचारवाजीमात्र हो । यस प्रचारमा तराई मूलका नेपालीको राष्ट्रियताप्रति पहाडी मूलका मानिसको अविश्वास ध्वनित हुन्छ ।

यस्तो विषयमा पनि नेपालका राजनीतिक दलका नेताहरूले भने छुद्र राजनीति गरे । विशेषगरी नेकपा (माओवादी केन्द्र)का नेताहरूमा चरम द्वैध चरित्र देखियो । तराईमा पुगेर नागरिकता ऐन पारित गराएको जस लिन आतुर अध्यक्षका सहकर्मीहरू पहाडतिर भने गठबन्धनका कारण वा नेपाली कांग्रेसको पेलाइका कारण बाध्यतामा परेको भन्दैछन् ।  

यी सबैले के स्पष्ट पार्छ भने यिनीहरू नेपालको संसद्का लागि योग्य पात्र होइनन् । देश र जनताप्रति इमानदार त यसै पनि छैनन् । आउने निर्वाचनमा नेपाली जनताले विवेक पुर्‍याउन सके भनेमात्र देश यी द्वैध चरित्रका ढोँगीहरूको चङ्गुलबाट मुक्त हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro