site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्वेतगंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले यही साउन ४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन आज (साउन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेसँगै आज बैंकिङ सयमपश्चात् आवेदन बन्द हुने भएको हो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आईपीओमा आज बिहान १० बजेसम्म मागभन्दा सात गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा १० बजेसम्म एक करोड ६० लाख ९१ हजार ३३० कित्ता माग गर्दै १४ लाख सात हजार ५९ जनाले आवेदन दिएका छन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १०० रुपैयाँअंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । त्यसमध्ये एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरोसेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro