विदेश
लान्झोउ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौजनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले बेयिन सहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको जानकारी दिएका छन् ।
पहिरोमा परी नौजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । अर्का एकजना अझै बेपत्ता छन् ।
खोजी तथा उद्धारकार्य जारी छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९ २०:०७
प्रतिक्रिया दिनुहोस्