site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाको अवधारणा : पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार तथा परिवर्तन गर्नुपर्ने भन्दै उक्त अवधारणा अघि सारेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिबद्ध रहेको राप्रपाले जनाएको छ ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गर्दै राप्रपाले वर्तमान व्यवस्थाअनुसारकै निर्वाचन प्रणालीमा भाग लिएर आफ्नो मुद्दा स्थापित गर्ने समेत निर्णय गरेको छ ।

Royal Enfield Island Ad

बैठकले महँगीका कारण आम सर्वसाधारण प्रताडित भएको अवस्थामा मूल्यवृद्धि नियन्त्रण गर्न र बजारको प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन, निजी अस्पतालमा पनि स्वास्थ्य बिमाको उपचार सुविधा दिन, मलखादको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

बैठकले एसपीपी फिर्ता पठाउनेबारे सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकामा आपत्ति समेत जनाएको छ । बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्र, आउँदो कार्ययोजना तथा प्रतिवेदनहरू संशोधनसहित पारित गरिएको राप्रपाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro