site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र संकटमा रहेका बेला के आयात गर्ने/नगर्ने निजी क्षेत्रकाे सराेकारकाे विषय हाेइन ः अध्यक्ष गाेल्छा
फाइल तस्बिर : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन् । 

शुक्रबार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन् । 

अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको उनको भनाइ छ । 

अध्यक्ष गोल्छाले निजी क्षेत्र स्वाभवैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताए । उनले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु ‘कस्ट अफ डुइङ’ अत्यधिक हुनु रहेको दाबी गरे । ‘कस्ट अफ डुइङ बिजनेश’ नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने उनको जिकिर छ । 

अध्यक्ष गोल्छाले अनुत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजस्व समेत नउठ्ने बताए । उनले अहिले सरकारले उठाएको राजस्व व्यवसायीहरूले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी, मोटरसाइलको आयातलाई रोक्दा राजस्वसमेत रोकिने बताए । 

अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत ब्याजदर बढ्न राम्रो नभएको बताए । “जब कुनै देशमा ६ महिनामा ६० देखि ७० प्रतिशत बैंकको ब्याजदर बढ्छ । त्यो देशको अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने सोझै देखिन्छ,” उनले भने, “अन्य देशमा बैंकको ब्याजदर १/२ प्रतिशतले बढ्दा त्यहाँको अर्थतन्त्रमा ठूलो हलचल हुन्छ तर हाम्रोमा ६० प्रतिशत ब्याजदर बढेको छ यसले हाम्रो अर्थतन्त्र कस्तो छ भनेर देखाएको छ ।” 

अहिले निजी क्षेत्र निरास हुनुको मुख्य कारण बैंकहरूमा तरलताको अभावले गर्दा लगानी एकदमै न्यून हुनु रहेको उनको भनाइ छ । “ठूला उद्योगीहरूले पनि बैंकहरूबाट कर्जा पाउने अवस्था रहेको छैन । यस्तो अवस्थामा साना र मझौला उद्योगीहरूको हालत कस्तो होला सोच्न पनि सक्दैनौँ । उनीहरू बैंकसँग कर्जा लिन नसक्ने अवस्थामा रहेको छन् । यसले ठूलो निरासा छाएको छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro