site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमती हत्या आरोपमा श्रीमानसहित ससुरा र देवर पक्राउ

जनकपुरधाम । सर्लाहीमा एक महिला हत्या आरोपमा उनका श्रीमानसहित तीनजना पक्राउ परेका छन् । पर्सा गाउँपालिका १ की २० वर्षीया निशा यादवको हत्याको आरोपमा उनका श्रीमान रमजेश कुमार राय, ससुरा राम प्रताप राय र देवर राजु यादव पक्राउ परेका हुन् ।

गत जेठ २२ गते निशाको हत्या भएको थियो । छोरी हराएको भन्दै निशाका बुवा कैलाश रायले जेठ २३ गते खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

तीनैजनाले निशाको हत्या गरेर घरदेखि करिब ४ किलोमिटर उत्तरतर्फ रहेको आफ्नै खेतमा खाल्डो खनेर निशाको लाश पुरेको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार बयानको  आधारमा गाडिएको स्थानमा ६ फिट गहिरो खाल्डो खन्दा लाशको कंकाल भेटिएको थियो । धान रोपेको खेतको आली छेउमा उक्त कंकाल भेटिएको हो । उक्त ठाउँमा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडीसहित कंकाल फेला परेको छ । यद्यपि प्रहरीले हत्याको कारण खुलाएको छैन । निशा बेपता हुनुभन्दा एकदिन अघि जेठ २२ गते घरमा झगडा भएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro