site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा अध्यक्ष नेम्वाङले घाइते दीपेशलाई भेटे
दीपेशको ललितपुरको ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बिहीबार अस्पतालमा उपचाररत यू–२० टिमका फरवार्ड दीपेश राईलाई भेटेका छन् । 

दीपेशको मंगलबार प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेको थियो । उनको ललितपुरको ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष नेम्वाङ र महासचिव राईले दीपेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेम्वाङ र राईसँगै यु–२० टिमका व्यवस्थापक दिवाकर घलेले पनि दीपेशलाई भेटेका थिए । 

दीपेश शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने एन्फाले जनाएको छ । यु–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले दीपेशको स्थानमा रोहित सुब्बालाई टोलीमा राखेका छन् । यु–२० टोली शुक्रबार भारत जादैछन् । 

नेम्वाङले आज बोलाएको एन्फा कार्यसमिति बैठक एजेन्डामा छलफल हुन नपाउँदै स्थगित गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro