देश
काठमाडौं । काठमाडौंको एक सहकारी संस्थाबाट पैसा चोरी भएको छ । नागार्जुन नगरपालिका–४ बाफल सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रुपैयाँ चोरी भएको हो ।
सहकारी संस्था रहेको भवनको मुलढोकाको ताल्चा फुटाएर अपरिचित व्यक्तिहरूको उक्त नगद चोरी गरेको खुलेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १७:२५
प्रतिक्रिया दिनुहोस्