site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजीनामा दिनबाट किन पछि हटे इटलीका प्रधानमन्त्री ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

रोम । इटालियन प्रधानमन्त्री मारिओ ड्राघीले पदबाट राजिनामा दिने विचार त्यागेका छन् । 

बरु उनले आफ्नो गठबन्धन सरकारलाई धराशायी हुनबाट जोगाउन एउटा नयाँ सम्झौताका लागि आह्वान गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

छ दिन अघि राष्ट्रपतिले उनको राजीनामा पत्र अस्वीकार गरेका थिए । साथै ड्राघीले सरकार बचाउनका लागि थुप्रै इटालियन जनताले गरेको अनुरोधलाई बेवास्ता गर्न नसकिने पनि स्पष्ट पारेका छन् । 

उनले इटालीको सिनेटलाई भनेका छन्, “यदि हामी सबै साथमा रहने हो भने एउटा पूर्णतः नयाँ सम्झौताको आवश्यकता छ । हामीलाई एउटा ठोस र इमानदार सम्झौताको जरुरी छ, त्यसका लागि तयार छौँ ?”

Royal Enfield Island Ad

युरोपेली केन्द्रीय बैंकका पूर्वअध्यक्ष ड्राघीले विगत अठार महिनादेखि संयुक्त सरकारको नेतृत्व गर्दै आएका छन् । 

अर्को वर्ष चुनावको सम्मुख उनलाई सरकारबाट बाहिरिनु थियो । तर, आफ्नो संयुक्त सरकारबाट पपुलिस्ट फाइभ स्टार मुभमेन्टले साथ छोडेपछि उनले गत बिहीबार नै राजिनामा दिने सोच बनाएका थिए । नीतिगत मतभेद आएपछि फाइभ स्टारले संसदमा विश्वासका लागि भएको मतदानबाट पछि हटेको थियो । 

यद्यपि ड्राघीको सरकार विश्वासको मत पाउन सफल भएको थियो । राष्ट्रपति सर्गियो म्यात्तारेल्लाले ७४ वर्षीय प्रधानमन्त्रीलाई यसै साता संसदलाई सम्बोधन गर्न अनुरोध गरेका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro