site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक गायिकालाई वसन्त सापकोटाको अनुरोध र चेतावनी एकैसाथ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायक गायिकाहरुलाई संगीतकार वसन्त सापकोटाले अनुरोधसँगै चेतावनी दिएका छन् । सापकोटाले कुनै पनि कार्यक्रममा उनको अनुमति बिना उनका म्युजिक ट्रयाकमा लाईभ प्रस्तुती नदिन आग्रह गरेका छन्

बुधकार समाजिक सञ्जालमार्फत उनले यसो भनेका हुन् । उनले सम्झौता बिना उनका साउण्ड ट्रयाकमा गीत नगाउन आग्रह गरेका हु्न । 

“मेरो लगानी रहेको गीतहरु कुनैपनि प्रोगामहरुमा प्रयोग गरेर गाइरहनु भएको छ भने नयाँ सम्झौता गर्न आउनुहोला !! यदि सम्झौता नगरि मेरो लगानीका गीतहरु अब आइन्दा कुनै पनि प्रोगाममा नगाउनुहुन अनुरोध गर्दछु” वसन्त सापकोटा लेख्छन्, “यदि सम्झौता नगरि मेरो लगानीको (म्युजिक ट्रायक) प्रयोग गरेर गीत गाएको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ मा उल्लेख भए अनुसारको कानुनी प्रक्रियामा जाने सबैलाई जानकारी गराउदछु ।”
 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्