site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँके र बर्दियाका धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसापासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।

Argakhachi Cement Island Ad

थप वर्षा हुन सक्ने र उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी समेत आउन सक्ने जनाइएको छ ।

होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्