site stats
बाह्रखरी :: Baahrakhari
खेल
युनाइटेडको लगातार तेस्रो जित 

काठमाडौं । सिजन पूर्वको मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले शतप्रतिशत विजय हासिल  गरेको छ ।

अहिले अष्ट्रेलिया भ्रमणमा रहेको युनाइटेडले आज प्रिमियर लिगकै अर्को क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको हो ।

Argakhachi Cement Island Ad

अष्ट्रेलियाको मेलबर्नमा युनाइटेडले १८औँ मिनेटमा एन्थोनी मार्सियालको गोलबाट अग्रता लिएको थियो । ४८औँ मिनेटमा मार्कुस राशफोर्डको युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसको ११ मिनेट वित्न नपाउँदै जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल थपे ।

७४औँ मिनेटमा जो वार्डले गरेको गोलबाट क्रिष्टल प्यालेसले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । 

खेल सकिन ६ मिनेट बाँकी हुँदा विलियम फिसले रातो कार्डको सामना गरेपछि युनाइटेड दश खेलाडीमा सीमित भएको थियो । 

युनाइटेडले यसअघि मेलबर्न भिक्ट्री क्लबलाई ४–१ ले हराएको थियो भने त्यसअघि थाइल्यान्डमा सम्पन्न खेलमा प्रिमियर लिगकै प्रतिद्वन्द्वी लिभरपुललाई ४–० ले हराएको थियो ।

सिजन अघि युनाइटेडले अब एष्टन भिल्ला, एटलेटिको मड्रिड र रायो भायोकानोसँग प्रतिस्पर्धाग गर्नेछ ।

युनाइटेड २०२२/२३ को नयाँ  सिजन ब्राइटनविरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेर सुरुआत गर्ने छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्