site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानलाई जितका लागि अन्तिम दिन १२० रन आवश्यक

काठमाडौं । ओपनर अब्दुल्लाह शफिकले शतक बनाएपछि पाकिस्तानलाई श्रीलंकाविरुद्धको पहिलो टेस्ट जित्नका लागि अन्तिम दिन १२० रनको आवश्यकता छ । 

श्रीलंकाको गल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चौथो दिन सकिँदा पाहुना टोली पाकिस्तान २२२/३ को स्थितिमा छ ।

पाकिस्तानका मोहम्मद रिजवान ७ र शफिक ११२ रन बनाएर क्रिजमा छन् । पाकिस्तानका लागि चौथो दिन कप्तान बाबर आजमले ५५ रन बनाए । उनले पहिलो इनिङ्समा ११९ रन बनाएका थिए । अर्का ओपनर इमाम उल हकले ३५ रन बनाउँदा अजहर अली ६ रन बनाएर आउट भए ।

श्रीलंकका प्रभाथ जयसूर्याले दुई विकेट लिए भने रमेश मेन्डिसको नाममा एक विकेट रह्यो ।

घरेलु टोली श्रीलंकाले ३२९/९ को स्थितिबाट चौथो दिन थालेको थियो । श्रीलंकाले अघिल्लो दिनको स्कोरमा ९ रन मात्र थप्न सक्यो ।

श्रीलंकाले ३३७ रन बनाउँदा सबै विकेट गुमाएपछि पाकिस्तानले जितका लागि ३४२ रनको लक्ष्य पाएको हो । 

पहिलो इनिङ्समा श्रीलंकाले २२२ र पाकिस्तानले २१८ रन बनाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro