site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप खड्का भन्छन्– ‘प्रकाश’ मेरो दोस्रो जन्म हो

काठमाडौं । नायक प्रदीप खड्काले चलचित्र ‘प्रकाश’ आफ्नो दोस्रो जन्म भएको बताएका छन् । ‘प्रकाश’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफ्नो चलचित्र करिअरमा ‘प्रकाश’ दोस्रो जन्म भएको बताएका हुन् । 

यसअघि चकलेटी हिरोको रोलमा देखिँदै आएकोमा उनले यो चलचित्रमा क्यारेक्टर आर्टिस्टका रूपमा काम गरेका छन् । यसलाई उनले आफू हिरोबाट अभिनेता बन्ने प्रयास भएको बताए । 

फिल्मको अन्तिममा आएर अन्यायमा परेकालाई बचाउने र खलपात्रलाई मार्ने कलाकारलाई हिरोको रूपमा चित्रित गर्ने गरिएको भन्दै उनले भने, “वास्तवमा सिनेमामा मात्रै होइन समाजमा पनि हिरो हुन्छन् । समाजमा जसले राम्रो काम गर्छ ऊ हिरो हो । समाजमा राम्रो काम गर्ने व्यक्तिलाई हिरो भन्न किन नपाउने ?”

समाजसँग जोडिएका कथामा केन्द्रित पात्रलाई आफूले ‘प्रकाश’मा निभाउने प्रयास गरेको प्रदीपले स्पष्ट पारे । समयसँगै विचार र बुझाइमा परिवर्तन आउने भन्दै उनले भने, “अहिले मेरो बुझाइमा समाजमा राम्रो काम गर्ने व्यक्ति नै वास्तवमा हिरो हो । समाजसँग नजिक रहेका क्यारेक्टरमा अभिनय गर्ने व्यक्ति अभिनेता हुन् । यही बुझाइ अनुसार मैले अभिनेता बन्ने प्रयास गरेको हुँ ।” 

महेन्द्र अधिकारीको निर्माणमा दिनेश राउतले निर्देशन गरेको चलचित्र भदौ १० गते रिलिज हुँदै छ । चलचित्रमा मुख्य कलाकारमा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायत छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro