site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
१९७४ एडी मुद्दा लड्न तयार 

काठमाडौं । नेपालको लोकप्रिय सांगीतिक ब्यान्ड १९७४ एडीले आफूविरुद्धको आरोपको खण्डन गरेको छ । ब्यान्डले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको एउटा आरोप झुटो भएको जिकिर गरेको हो ।

ब्यान्डविरुद्ध मुद्दा परेको सञ्चारमाध्यमबाट थाहा पाएको विज्ञप्तिमा उल्लेख छ । “हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर केही समाचारको माध्यमबाट थाहा पायौँ । त्यो समाचारमा लेखिएको कुनै पनि काम हामीबाट नभएको र हामीले कुनै पनि करार पालना नगरेको छैनौँ,” विज्ञप्तिमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

ब्यान्ड मुद्दा लड्न तयार भएको पनि जनाइएको छ । विज्ञप्तिमा थप लेखिएको छ, “हामीविरुद्ध पर्न गएको यो झुटो उजुरीविरुद्ध लड्न कानुनी सल्लाहकार राखिसकेको र सम्मानित अदालतबाट आएको आदेशलाई मान्ने छौँ भनी तपाईँहरू सबै शुभचिन्तकहरूलाई खबर गर्न चाहन्छौँ ।”

ब्यान्डविरुद्ध लन्डनमा कार्यक्रम गर्न ‘एड्भान्स’ रकम लिएर पनि नगएको भन्दै बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडले उजुरी दिएको हो । एचएबीअका तर्फबाट नवीन गुरुङले ब्यान्डका प्रबन्धक सञ्जय श्रेष्ठसँग तीन लाख रुपैयाँ मागदाबी गर्दै केही साताअघि उजुरी दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्