site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोहोर मात्र होइन, उपत्यकामा हरियाली पनि बढ्दै छ : सडक किनारमा फूलदेखि राजवृक्षसम्म हुर्किँदै छन् 

काठमाडौं । ‘हरियाली विकास गरौँ, वातावरण संरक्षण गरौँ’ काठमाडौं उपत्यकाका मुख्य–मुख्य सडक फुटपाथ किनारामा यही लेखिएको देखिन्छ । सँगै हुर्कँदै गरेका ९–१० फिट अग्ला विरुवाहरुको हरियाली सौन्दर्यता देख्न सकिन्छ । 

सडक फुटपाथ किनारामा काठमाडौं, ललितपुर महानगरपालिका, विद्यालयलगायतका विभिन्न संघसंस्था, वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालयको संयुक्त सहकार्य र समन्वयमा हरेक वर्ष हजारौँ विरुवा रोपिन्छ । 

काठमाडौंको माइतीघरदेखि तीनकुने कोटेश्वर सडकखण्ड, कालिमाटी विष्णुमती, धोविखोला करिडोर, ओम हस्पिटल, वाग्मती करिडोर र ललितपुरको पुल्चोक, जावलाखेल, बल्खु, सातदोबाटोलगायतका क्षेत्रका सडक किनारमा हरियाली बढ्दै गएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सहरी क्षेत्रमा हरियाली कायम गर्न यहाँका स्थानीय तहले ‘एक घर एक रुख’ को नीति पनि लिएका छन् । काठमाडौं महानगरपालिकाकी वातावरण इन्जिनियर निशा कोइरालाका अनुसार गतवर्ष महानगरद्वारा कालिमाटीदेखि विष्णुमति करिडोरमा ४८० वटा विरुवा रोपिएको थियो । 

उनका अनुसार सो विरुवाको संरक्षण वडाको समन्वयमा भइरहेको छ । महानगरले विभिन्न संघसंस्थाको समन्वयमा विरुवा रोप्ने र संरक्षण गर्ने काम गर्दै आएको उनी बताउँछिन् । 

हालसालै काठमाडौं र ललितपुर महानगरपालिकामा पर्ने रिङरोड कोटेश्वरदेखि कलंकी सडकखण्डको करिब १०.२ किलोमिटर दुरीमा आकर्षक ‘ग्रिनरी’ बनेको छ । 

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत सो क्षेत्रको हरियाली सौन्दर्यता कायम तथा संरक्षण गरेको छ । सो क्षेत्रको हरियाली उपत्यकाकै ‘वन अफ द व्युटीफुल प्रोजेक्ट,’ सावित ललितपुर महानगरपालिकाको भनाइ छ ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले सहर हरियाली बनाउने अभियान अन्तर्गत आफूहरुले यो काम अघि सारेको बताउँदै सहयोगी हात एनसेललाई धन्यवाद व्यक्त गरे ।

ग्रिनरी कुल १०.२ किलोमिटर सडक खण्डको दायाँ बायाँ बनेको छ । जसअन्तर्गत ७.९ किलोमिटर ललितपुर र ३.२ किलोमिटर काठमाडौं महानगरपालिका अन्तर्गत पर्छ । 

यसअघि काठमाडौंको माइतीघर बबरमहल सडक खण्डमा नबिल बैंकले विरुवा रोपेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बोटविरुवाहरु रोपिएका थिए । 

त्यस्तै कुमारी क्लब, रोटरी क्लब, लायन्स क्लबलगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दै आएका छन् । 

डिभिजन वन कार्यालय काठमाडौंले हेरक वर्ष एक लाख विरुवा उत्पादन गर्दै आएको कार्यालयका वन अधिकृत बद्रीकुमार कार्की बताउँछन् । 

“हामीले वर्षेनी एक लाख विरुवा उत्पादन गरेर काठमाडौंभित्र मात्रै करिब ६० हजार विरुवा वितरण गर्छौँ । हामी विरुवा रोप्छौँ र संरक्षण गर्छौँ भनेर आउने संस्थाहरु (रोटरी क्लब, लायन्स क्लब, नेपाली सेना, प्रहरी, वडा कार्यालय, स्थानीय संघसंस्था ) लाई वितरण गर्छौँ,” उनले भने । 

डिभिजन कार्यालयका अनुसार काठमाडौंमा सडकमा रोपिने साना विरुवाहरु असुरक्षित हुने भएकाले ठुला विरुवाहरु वितरण हुन्छन् । 

कार्की भन्छन्, “सडक फुटपाथमा रोपिने विरुवा हुर्काएर चार–पाँच फिट बनाएर वितरण गर्छौ । यसो गर्दा सुरक्षा गर्न सजिलो र विरुवा छिटो सर्भाइभ हुन्छन् ।”

डिभिजन कार्यालय आफैँले पनि काठमाडौंका सडकमा विभिन्न प्रजातीका विरुवाहरु रोप्दै आएको छ । 

पहिल्ला वर्षहरुमा हरियाली तथा वातावरण संरक्षणका कामहरु भएका छन् तर यसका साथै रोपिएका बोटबिरुवा हुर्काउन र कहाँ, कस्तो ठाउँमा कुन बिरुवा लगाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने ललितपुरका एक स्थानीय विश्व शाक्यले बताए । 

सरकारी तथा गैरसरकारी संघसंस्थाको अग्रतामा सहरी वृक्षारोपण र हरियाली सौन्दर्यता बढाउन स्थानीय तहको नीति तथा कार्यक्रमलाई थप बलियो बनाएको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । 

स्मार्टसिटी बनाउन ललिपुर महानगरपालिका अगाडि छ । अन्तर्गत ललितपुरका सडकमा स्मार्ट स्ट्रीट लाइट र साइकल लेन बनेको छ । 

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीका अनुसार सहरी सडक क्षेत्रमा रोपिएका विरुवाहरुले संरक्षण पाए ९० प्रतिशत जिवित राखेर सहरी सौन्दर्यता कायम राख्न सकिन्छ । 

आफूहरुले रोपिएका विरुवा सर्भाइभ गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए । “निजी तथा सार्वजनिक सहकार्य अन्तर्गत अहिले उपत्यकाका विभिन्न क्षेत्रमा हरियाली बढ्दै गएको छ,” डा. केसीले बताए । 

उपत्यकाका विभिन्न सडक किनाराहरुमा स्थानीय तह, नेपाली सेना, प्रहरी, विभाग लगायतको समन्वयमा प्रत्येक वर्ष वृक्षारोपण हुँदै आएको काठमाडौं महानगर वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् । 

उनका अनुसार दायाँबाँया सडकमा फूल, नासपाती, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, असारे पावललगायतका बोट विरुवाहरु रोपिन्छन् । 

सरकारले ‘एक नागरिक एक फलफुल विरुवा रोपण’, ‘हरित सहर, हरित सडक’, जलवायु परिवर्तनको असर कम गर्ने वृक्षारोपण अभियान चलाउँदै आएको छ । 

उपत्यकाका तीन जिल्लाका डिभिजन वन कार्यालयहरुले छुट्टा–छुट्टै विरुवा उत्पादन र वितरण गर्छन् । डिभिजन वन कार्यालय ललितपुरले करिब ९० हजार विरुवा उत्पादन गरेर ४० हजार विरुवा वितरण गर्छ । 

कार्यालयका वन अधिकृत राम कुमार भण्डारीका अनुसार ललितपुर चापागाउँ र गोदावरी गरी दुईवटा नर्सरी छन् । उनले नर्सरीमा सहरी सौन्दर्यता बढाउने बहुवर्षीय विरुवा उत्पादन हुने बताए । “डाले घाँस, लप्सी, कपुर, बेली, पारिजात, धुपी लगायतका विरुवा उत्पादन र वितरण गर्छौँ । यी विरुवा सडकमा रोप्नको लागि थुप्रै संघसंस्थाहरु आउँछन् । उनीहरुलाई निःशुल्क विरुवा उपलब्ध गराउँछौँ,” उनले भने । 

त्यस्तै डिभिजन वन कार्यालय भक्तपुरले वार्षिक ४५ हजार बहुवर्षीय विरुवा उत्पादन र वितरण गर्छ । सहरी क्षेत्रमा पशु चौपाया नहुने र विरुवा लिएका सरोकारवाला निकायले संरक्षण गर्ने भएकाले उपत्यकाका सडकमा हरियाली बढ्दै गएको कार्यालयहरुले जनाएका छन् । 

सरसफाइ र काँटछाँटको जिम्मा नगरप्रहरी कमाण्डमा 

सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्ने कमान्डिङ काठमाडौं र ललितपुरको नगरप्रहरीले सम्हालेको छ । 

काठमाडौं महानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका १५० जना जनशक्ति दैनिक सफाइका लागि थप गरिएको छ । 

तर कलंकीदेखि कोटेश्वरसम्मको सडक क्षेत्रमा भने एनसेल आजियाटा लिमिटेडले नै संरक्षण गर्दै आएको छ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत सो क्षेत्रको हरियाली सौन्दर्यता कायम तथा संरक्षण गरेको एनसेलले जनाएको छ । 

वातावरण विभागकी प्रमुख राईका अनुसार यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । 

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । 

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । 

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro