site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सातजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

क्वालालम्पुर । मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ । पछिल्लो २४ घण्टायता मात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्लो २४ घण्टामा तीन हजार ८० संक्रमित थपिएको जनाएको छ । साथै, सो संक्रमणका कारण पछिल्लो घण्टायता सातजनाको ज्यान पनि गएको जनाइएको छ ।

यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । ३५ हजार ८६५ को ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्तायता संक्रमितहरूको संख्या बढेको र अस्पताल भर्ना हुनेहरू पनि बढेका जनाएका छन् ।

यहाँका अधिकारीहरूले मलेसियामा अहिले पनि ४२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउन भनेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro