site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आजदेखि ‘बुस्टर डोज’ दिइँदै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा आजदेखि कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप दिइँदै छ । सरकारले तीन दिने अभियानक रूपमा काठमाडौंमा बुस्टर डोज खोप दिन सुरु गरेको हो ।

अभियानअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई नगरपालिकाका स्वास्थ्य केन्द्रबाट  खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

दोस्रो मात्रा लगाएको तीन महिना पुगेका व्यक्तिले बुस्टर डोज खोप लगाउन सक्नेछन् । यो खोप अभियान आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्