site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–१, चौमाला बुहमुखी क्याम्पसनजिक बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा–२, कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पसनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।

घाइते थापाको धनगढीस्थित निःसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको हो । बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro