site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी नदीमा आज बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी नदी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, विमलनगरस्थित मर्स्याङ्दी नदी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेतीमा बहाव उल्लेख्य बढ्नेछ ।

यसैगरी, पारिगाउँस्थित महाकाली नदी, मैनाचुलीस्थित कन्काई, वेलसोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबईमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज धनकुटा, सिन्धुली, मकवानपुर, चितवन, रोल्पा, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, कैलाली, अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र आसपास भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro