site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेनको प्रश्न– खानेपानी वितरणका लागि खनिएका सडक कहिले कालोपत्रे हुन्छ ? 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।  

वडा नं. १३, १४, १५ र २६ का सडक खानेपानी वितरणका लागि भन्दै खनिएका छन् । तर, लामो समय बिते पनि कालोपत्रे नभए पछि उनले कहिले कालोपत्रे हुन्छ भन्दै प्रश्न गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार बालेनले एकपछि अर्को प्रश्न गरेका थिए । 

यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं. २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे । 

विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने प्रश्न गरे । 

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्रे हुने उनीहरूले भनाइ राखे । 

प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनले धारणा राखे । 
 
प्रमुख शाहले भने, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।” रासस

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्