site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुन अझै सक्रिय बनेन, असार सकिँदा ६८ प्रतिशत मात्र धान रोपाइँ

कठमाडौं । असार सकिँदा पनि मनसुन सक्रिय नहुँदा यस वर्ष कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार ३२ गतेसम्म करिब ६८ प्रतिशत धान रोपाइँ धान रोपाइँ भएको छ । गएको वर्षको असार ३१ गतेसम्म धान ७६ प्रतिशत धान रोपाइँ भएको थियो । जुन यस वर्षको तुलनामा ८ प्रतिशतले कमी हो ।

यस वर्ष प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय नहुँदा रोपाइँँमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । तर, ती प्रदेशमा साउन १० देखि १५ गतेसम्म रोपाइँँ हुने भएकाले यो वर्ष पनि विगतका वर्षझैँ शतप्रतिश रोपाइँँ हुने अपेक्षा मन्त्रालयको छ ।

कुन प्रदेशमा कति प्रतिशत धान रोपाइँँ ?
नेपालमा कुल १५ लाख चार हजार ४८६ दशमलव ४२ हेक्टर क्षेत्रफलमा रोपाइँँ हुँदै आएको छ । असार २८ गतेसम्म आठ लाख ९९ हजार ३३७ दशमलव ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँँ भएको मन्त्रालयको तथ्यांक छ ।

उक्त अवधिमा प्रतिशतको आधारमा सबैभन्दा बढी धान रोपाइँँ सुदूरपश्चिम प्रदेशमा भएको छ । जहाँ ८७.४९ प्रतिशत रोपाइँँ सम्पन्न भएको छ । सुदूरपश्चिममा एक लाख ७८ हजार १६७ हेक्टरमा धान रोपाइँँ हुन्छ । यो वर्षको असार २८ गतेसम्म एक लाख ५५ लाख ८७८ दशमलव शून्य ८ हेक्टर क्षेत्रफलमा धान रोपाइँँ भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा ७९.४५ प्रतिशत, लुम्बिनी प्रदेशमा ७४.७१ प्रतिशत, वाग्मती प्रदेशमा ६५.३५, कर्णाली प्रदेशमा ५६.३१ प्रतिशत प्रदेश नम्बर १ मा ४८.६४ प्रतिशत र मधेस प्रदेशमा ३८.९७ प्रतिशत रोपाइँँ भएको छ ।

मधेस प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँँ हुन्छ भने सबैभन्दा कम क्षेत्रफलमा धान रोपाइँँ कर्णाली प्रदेशमा हुने गरेको छ । मधेस प्रदेशमा चार लाख पाँच हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँँ हुने गरेको छ । त्यस्तै कर्णाली प्रदेशको ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँँ हुने गरेको मन्त्रालयको तथ्यांक छ ।

गएको वर्ष असार ३१ गतेसम्म ११ लाख २६ हजार ८ सय १६ दशमलव १८५ हेक्टर क्षेत्रफलमा रोपाइँँ भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro