site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर ।

काठमाडौं । झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिर्तामोड–१ बस्ने अनुमानित २० वर्षीय सबिन विष्टको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुद्धशान्ति गाउँपालिका–१ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०१–०१५ प३४०३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । 

सोही मोटरसाइकलको पछाडि सवार अर्जुनधारा नगरपालिका–११ बस्ने अनुमानित २० वर्षीय सन्दीप राजवंशीको बीएनसी अस्पतालमै उपचार भइरहेको छ । 

प्रहरीले बोलेरो गाडी, चाक इलाम नगरपालिका–५ बस्ने ३२ वर्षीय सुर्य अधिकारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्