site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कर्णाली जान थाले चलचित्र’

काठमाडौं । चलचित्रको विषयवस्तुमा विविधता आउँदै जाँदा सिनेमा छायांकनको क्षेत्र पनि फराकिलो हुँदै गएको छ । लामो समय काठमाडौंमा सीमित रहेको चलचित्र छायांकन अघिल्लो दशक मुस्ताङ र मनाङ पुग्यो । 

अहिले भने चलचित्र त्यसबाहेकका क्षेत्रमा पनि छायांकनमा जान थालेका छन् । “हामी पहिलोपटक चलचित्र खिच्न जुम्ला पुग्यौं, सायद जुम्ला पुगेर चलचित्र खिच्ने हामी नै पहिलो हुुन सक्छौं,” चलचित्र प्रकाश निर्माता महेन्द्र अधिकारी भन्छन्, “कर्णालीमा पनि त्यति धेरै चलचित्र छायांकन भएका छैनन् । मीन भामको कालो पोथीपछि हामी नै हौं कि भन्ने लाग्छ ।” 

Argakhachi Cement Island Ad

सर्ट फिल्म भने कर्णालीमा थुप्रै छायांकन हुन्छन् । 

आफूहरू जुम्ला गएपछि अब धेरै चलचित्र छायांकनका लागि जुम्ला तथा कर्णालीकमा अन्य जिल्ला जोन तयारीमा रहेको उनको भनाइ छ । ‘जिन्दावाद’लगायत पाँचवटा चलचित्र यो वर्ष छायांकनका लागि कर्णाली जान लागेको अधिकारी बताउँछन् । 

“वार्षिक साढे दुई अर्बभन्दा धेरै चलचित्रमा लगानी भइरहेको छ । यसको १० प्रतिशत मात्रै कर्णालीमा खर्च भयो भने पनि त्यहाँका जनताका लागि केही न केही राहत हुन्छ,” निर्माता अधिकारी भन्छन्, “यसका लागि अझै केही चलचित्र कर्णालीमा छायांकन तत्काल हुनुपर्छ ।” 

चलचित्र ‘प्रकाश’को लोकेसन हरेर केही निर्माता तथा निर्देशक छायांकनका लागि कर्णाली जाने तयारीमा रहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्