1658063496.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संस्था अखिल (क्रान्तिकारी)ले 'गुगल र भूगोलमा नभेटिएका अधिकारी कहाँ छ्न्' भन्दै नेकपा (एमाले)लाई प्रश्न गरेकाे छ ।
आइतबार माइतीघरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै गभर्नर अधिकारीविरुद्ध अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको हो ।
नक्कली एम अधिकारी खोज्ने विज्ञापन बन्द गर लगायतका नारा लगाउँदै अखिल (क्रान्तिकारी)ले अनधिकृत गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न सरकारलाई माइतीघर मण्डलबाट आग्रह गरेको छ ।
अखिलका विद्यार्थीहरूले माइतीघर मण्डलमा पार्टीको गभर्नर भएको भन्दै राष्ट्र बैंकको गभर्नर पदबाट महाप्रसाद अधिकारीलाई हटाउन सरकारसँग माग गरेको हो ।
क्रान्तिकारीले एमालेको निर्देशनमा देशको ढुकुटी रित्याउने एमालेका गभर्नरलाई पदमा रहन कुनै नैतिकता नभएको बताएकाे छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त भएको खबर सार्वजनिक भएपछि गभर्नर अधिकारीले नैतिकताको आधार राजीनामा नदिए सरकारले बर्खास्त दिनुपर्छ भन्दै विभिन्न राजनीति दल, भातृ संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।