site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बस्तीमा बाढी पसेपछि... 
Sarbottam CementSarbottam Cement

धनगढी । रीतादेवी कामीसहित उनको परिवार असार १ गतेदेखी सडकमा पाल टाँगेर बसेको छ । कान्द्र नदीले घर डुबाएपछि रीतादेवीसहित एक सयभन्दा बढी संख्यामा स्थानीय पाल टाँगेर अस्थाई रुपमा बसोबास गर्दै आएका छन् । धनगढी टीकापुर सडकखण्डको गेणेशमान चोक नजिकै उनीहरू पाल टाँगेर बसेका छन् । कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुरस्थित एउटा दलित बस्ती नै डुबानले घरबारविहीन भएको छ । 
 
हरेक वर्षको वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ । यो वर्ष पनि बस्ती पूर्णरुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका छन् । बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुरका बाढीपीडित लालबहादुर बिकले दुखेसो पोखे । हरेक वर्ष लालबोझी र भजनी क्षेत्रमा मोहना नदी र कान्द्रा नदीले हजारौं घर बाढीले प्रभावित पार्दै आएको छ ।


 
“असर १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो,” रतन कामीले भने, “हरेक वर्ष यस्तै समस्या हुन्छ । तर, कसैले पुनःस्थापनका बारेमा सोचेको छैन ।” डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेबीकामीले बताइन् । बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यानजोगाउन  सडकमा आएर बसेको उनको भनाइ छ ।
 
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका  मानिसले सताउने गरेको परुली कामीले दुखेसो पोखिन् । १२ वर्षदेखि डोटी र दैलेख जिल्लावाट बसाईसरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ । आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन् । बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानी सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC