काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूलाई भेटेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललाई बानेश्वस्थित एभरेस्ट होटेलमा भेटवार्ता गरेका हुन् ।
भेटमा एकीकृत समाजवादीका नेताहरूले आफूहरू चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्षमा नरहेको बताएका थिए ।
लिउले आज बिहान ओलीलाई भेटेका थिए ।
उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटिसकेका छन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो ।