site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको चुनावी समीक्षा : लाेकप्रिय मत एक प्रतिशत बढ्यो,  माओवादीको घट्यो 
फाइल तस्बिर : नेकपा (एमाले)काे सचिवालय बैठक ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनभन्दा एक प्रतिशत मत वृद्धि भएको निष्कर्ष निकालेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न सचिवालय बैठकको निर्णयसहित जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा १ प्रतिशत लोकप्रिय मत बढेको उल्लेख छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाई मत (३३ प्रतिशत) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ,” अपानीमा भनिएको छ, “मत संख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख १ हजार २५४ र प्रतिशतमा (२१) प्रतिशतले जनमत वृद्धि भएको छ ।”

त्यसैगरी नेपाली कांग्रेसको मत दोस्रो स्थानमा र नेकपा (माओवादी केन्द्र) दुवै निर्वाचनमा तेस्रो स्थानमा अपानीमा उल्लेख छ । 

Royal Enfield Island Ad

अघिल्लो निर्वाचनमा कांग्रसले ३२.९ प्रतिशत र यसपटक ३३.३ प्रतिशत पाएको अपानीमा उल्लेख छ । अघिल्लो निर्वाचनमा पाएको मत भन्दा ६ लाख १९ हजार १०५ मत बढेको एमालेको विश्लेषण छ । 

माओवादी केन्द्रको लोकप्रिय मत अघिल्लो पटक पाएको मतबाट खस्किएर १२ प्रतिशतमा पुगेको एमालेको दाबी छ । अघिल्लो निर्वाचनको मतभन्दा (२ लाख ६९ हजार ८५३) अर्थात् १७ प्रतिशतले मत घटेको एमालेको दाबी छ । माओवादीले १२ प्रतिशत मत मात्रै पाएको अपानीमा उल्लेख छ । 

त्यसैगरी एकीकृत समाजवादीले ४ प्रतिशत मत पाएको पनि एमालेको विश्लेषण छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  २३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro