site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यधिक गर्मीका कारण धनगढीमा ९ जना तालिमे प्रहरी बिरामी, दुईजनाको अवस्था गम्भीर
Tiktok banner adTiktok banner ad

धनगढी । धनगढीमा अत्यधिक गर्मीका कारण ९ जना तालिमे प्रहरी बिरामी भएका छन् । नयाँ भर्ना भएका तलिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर अस्पताल भर्ना भएका छन् ।

उनीहरूलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तीमध्ये सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

दुईजना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भदौमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानले सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षण लिइरहेका छन् । 

"आज बिहान शारीरिक व्याम अन्तर्गत १० किलोमिटर दौड थियो, ९ जना बिहोस भएपछि अस्पताल भर्ना गरिएको हो," सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने, "अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।"

बेहोस हुनेमा सरोज चौधरी, प्रशान्त रावत, दिनेश सुनार सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर रहेका छन् । 

सरोज चौधरी र प्रशान्त रावतको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अहिले धनगढीमा अत्यधिक गर्मीका जनजीवन प्रभावित भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro