site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काठमाडौं महानगरलाई करिष्माको प्रश्न– बुवाआमाले छोराछोरीको मुहारमा खुसी देख्न नपाउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका करिष्मा मानन्धरले सडकमा व्यापार गर्नेहरूलाई रोक्नेभन्दा पनि व्यवस्थापन गर्नेतर्फ लाग्नु पर्नेमा जोड दिएकी छन् । उनले काठमाडौंका फुटपाथमा व्यापार गर्न नदिने महानगरको निर्णयप्रति असन्तुष्टि जनाउँदै रोक्नेभन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा  जोड दिएकी हुन् । 

“के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआऊ भन्न सक्छौँ ?,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोसिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो । सबै विदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?”

Prabhu Bank
Agni Group
NIC Asia

सहरमा आए काम गर्नु रहर नभएर वाद्यता भएको बुझ्नुपर्ने उनको भनाइ छ । “स्थानीय तहसम्म पुगेको सरकार छ । तर, किन नागरिकको मनमा सहरको मोह छ ?, स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन ऊ यो कोचाकोचको जीवन जिउन वाद्य छ ?,” करिष्मा प्रश्न गर्छिन्, “गाउँपाखामा सबै सुविधा उपलब्ध भएको भए त्यही गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या विदेशमा बसेर  काम गरिरहेको हुँदैन थियो होला ?” 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय